Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा फेरि बढ्दै कोरोना संक्रमण, निकाे हुने भन्दा संक्रमितकाे संख्या दाेब्बर


    मंगलबार, साउन १२ २०७८
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८९९ संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६५५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ७२६ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ८६३  गर्दा १,१७३ मा संक्रमण देखिएको छ ।

    कुल १७ हजार ५१८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् । 

    थप २० जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९७५८ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १ हजार ७७८ जना कोरोनाबाट मुक्त भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार