काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कोभिड–१९ सङ्क्रमण रोकथामका लागि खोप प्रभावकारी रुपमा अघि बढाउन, बाढीपहिरो पीडितलाई राहत र सुरक्षित बसोबासको व्यवस्था गर्न तथा अघिल्लो सरकारले शुरु गरेको विकास निर्माणलाई बिना प्रतिशोध अघि बढाउन माग गरेको छ ।
प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै नेकपा एमालेका पदम गिरीले देश कोराना कहरले आक्रान्त र उद्योगधन्दा अस्तव्यस्त रहेको जनाउँदै खोप व्यवस्थित ढङ्गले अघि बढाउन सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “छिमेकीका घरमा आश्रय लिइरहेका बाढीपहिरो पीडितलाई राहत र पुनर्वासका कार्यक्रम ल्याउनुस्, सुकुम्बासीलाई निराश बनाउने काम नहोस्, सरकारले प्रतिशोधको भावनाले अघिल्लो सरकारले शुरु गरेका विकास र समृद्धिका कार्यक्रमलाई प्रभावित नतुल्याइयोस् ।
नेपाली कांग्रेसका दिव्यमणि राजभण्डारीले लामो समयदेखि रिक्त रहेको उपसभामुखको चयन यथाशीघ्र गर्न र पुनस्र्थापित संसद् र सांसदलाई क्रियाशील बनाउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “कोभिड–१९ सङ्क्रमण रोकथामका लागि प्रभावकारीरुपमा कार्यक्रम अघि बढाउन सर्वदलीय समिति बनाइसोस्, मन्त्रिमण्डलले छिटो पूर्णता पाओस्, सरकारबाट जनहितका पक्षमा निर्णय होस् ।”
नेकपा (माओवादी केन्द्र) का यशोदा सुवेदीले यस वर्षको बाढीपहिराबाट ठूलो जनधनको क्षति भएको मनाङ जिल्लामा विपद्पछिको पुनर्निर्माण र राहतका कार्यक्रम योजनाबद्ध रुपमा अघि बढाउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “बाढीपहिराबाट अस्तव्यस्त रहेका जिल्लाका सडक, विद्युत्, अस्पताल तथा निजी र सरकारी पूर्वाधार निर्माण कार्य तत्काल र दीर्घकालीन योजनासहित अघि बढाइयोस् ।”
जनता समाजवादी पार्टी नेपालका प्रमोद साहले नागरिकतासम्बन्धी विधेयक सदनबाट समयमा पारित नहुँदा धेरै जनताले असहजस्थिति बेहोर्नु परेकाले राजनीतिक दलबीच सहमति कायम गरी यथाशीघ्र यस विषयलाई अघि बढाउन माग गर्नुभयो । उहाँले भन्नुभयो, “तीन वर्षअघि निर्वाचन जितेर सदनमा आएलगत्तै उठाइएको नागरिकता विधेयकले आजका दिनसम्म पूर्णता नपाउँदा धेरै नागरिक समस्यामा परेको छ, छिटो यो विषय सुल्झाइयोस् ।”
नेपाल मजदूर किसान पार्टी प्रेम सुवालले सरकारले समयमै आवश्यक चासो र चिन्ता नलिएका कारण पहिलो खोप लगाएका कैयाँै नागरिक दोस्रो खोप नपाएर शून्य हुने अवस्थामा पुगेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “कोरोना बीमा बापतको रकम अग्रमोर्चामा रही काम गरिरहेका चिकित्सकले नै समयमा पाउन नसकेको अवस्था छ, दूरदराजका अस्पतालमा औषधि र उपकरण पुगे पनि आवश्यक जनशक्ति उपलब्ध नभएका कारण सेवा प्रभावकारी हुन सकेको छैन, यसमा सरकारको ध्यान जाओस्, भक्तपुरको ताथलीमा पहिराबाट बस्ती नै जोखिममा रहेकाले बेलैमा रोकथाम गरी जनधनको क्षति हुन नदिनेतर्फ सरकार सजग होस् ।”
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend