Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस सांसद राजभण्डारीकाे प्रश्न: व्यवसायी मन्त्री बन्न नपाउने हो ?


    मंगलबार, साउन १२ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले व्यवसायी पृष्ठभूमिका सांसद मन्त्री बन्न नपाउने हो भन्दै प्रश्न गरेका छन् ।

    मंगलबार प्रतिनिधि सभाको बैठककाे विशेष समयमा बोल्दै सांसद राजभण्डारीले व्यवसायी पृष्ठभूमिका सांसद मन्त्री बन्दा अनाआवश्यक विवाद झिएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् । 

    प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा व्यवसायीसमेत रहेका सांसद उमेश श्रेष्ठलाई नियुक्त गरेपछि आलोचना भइरहेको छ ।

    त्यसतर्फ संकेत गर्दै राजभण्डारीले आज प्रतिनिधि सभा बैठकमा व्यवसायीहरू सांसद बन्न पाउने अधिकार संविधानमै रहेको बताए । तर मन्त्री बन्न पाउने कि नपाउने भन्ने कानुन बनाउन उनको माग छ ।

    सांसद राजभण्डारीले प्रतिनिधिसभामा भने, ‘कस्तो व्यक्तिलाई मन्त्री बनाउने हो त्यसको टुंगो लगाउनुपर्छ । व्यवसायी मन्त्री बन्न नपाउने हो भने त्यही अनुसार कानुन बनाइयोस् । अन्यथा सांसद भएको व्यक्ति मन्त्री बन्न पाउनुपर्छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार