Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सांसद आशाकुमारी भन्छिन्- अनलाइन कक्षाले विद्यार्थीमा मानसिक समस्या देखियाे, बन्द गराैं


    मंगलबार, साउन १२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शिक्षण संस्थाहरुले सञ्चालन गरेको अनलाइन कक्षाले विद्यार्थी र अभिभावकमा मानसिक समस्या देखिन थालेको भन्दै बन्द गर्न माग गरिएको छ ।

    मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद आशाकुमारी विकले अनलाइन कक्षाले बालबालिका र किशोरकिशोरीहरुमा डराउने, झस्किने, रिसाउने, जिद्धीपनाजस्ता व्यवहार देखिन थालेको जानकारी गराउदै बन्द गर्नु पर्ने माग गरेकी हुन् । 

    आफ्ना छोराछोरीहरुमा यस्ता फरक व्यवहारले बुवाआमाहरु पनि चिन्तित् हुन लागेको भन्दै उनले अहिलेकै अवस्था रहिरहन दिने हो भने मानसिक अस्पतालको अभाव हुने संकेत देखिएको बताइन् । 

    उनले अहिले विद्यार्थी र अभिभावमा देखिएको मानसिक समस्यामा सामान्यरुपमा लिन नहुने समेत बताइन् ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार