काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ बिक्री गर्ने भएको छ । मानुषीले सर्वसाधारणका लागि ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
यसका अलवा ५ हजार ४६९ कित्ता लघुवित्तको कर्मचारी, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषका लागि छुट्टयाइएकोे छ ।
आईपीओका लागि यही साउन २७ गतेदेखि ३१ गतेसम्म आवेदन गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० देखि बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।
आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।