Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आँधीका कारण अमेरिकामा भयानक दुर्घटना, एकैसाथ ठोक्किए २२ सवारी साधन, ८ जनाको मृत्य


    मंगलबार, साउन १२ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । अमेरिकाको दक्षिण पश्चिमी  राज्य युटामा  आइतबार  भयानक दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्। 

     द न्युयोर्क टाइम्सका अनुसार धुलो र बालुवा मिसिएर आएको आँधीका कारण  आइतबार उक्त दुर्घटना भएको हो।

    आँधीका कारण चालकहरूले अगाडिको बाटो नदेखेपछि कानोस सहर नजिकैको इन्टरसेक्सन १५ मा ती सवारी साधनहरू दुर्घटनामा परेका हुन् ।  सुरूमा एक जना चालकले गाडी रोकेपछि तीव्र गतिमा रहेका अरू सवारी साधनहरू पनि एकअर्कासँग ठोक्किएका हुन्।

     दुर्घटनामा घाइते भएकाहरुलाई एम्बुलेन्स र एयर  एम्बुलेन्सबाट अस्पताल लगिएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको समाचारहरुमा जनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार