Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णाली प्रहरीको सफलता,फरार प्रतिवादी र जुवाडेसहित १६ पक्राउ


    मंगलबार, साउन १२ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधमा संलग्न व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको छ। तीन दिनअघि छ जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले फेरि सोमबार पुनः छ प्रतिवादी पक्राउ गरेको गरेको छ।

    अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियानअन्तर्गत फरार प्रतिवादी शृङ्खलाबद्ध तवरले पक्राउ परिरहेका छन्। प्रहरीले यस अभियानलाई तीव्र बनाएर अदालतको फैसला कार्यान्वयनमा सहयोग पु¥याएको छ। त्यही क्रममा हिजो मात्र छ जना फरार प्रतिवादी पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा ठगी मुद्दाको कसुरमा छ महिना कैद र रु छ हजार जरिवाना सुनाइएका वीरेन्द्रनगर नगरपालिका–५ सुर्खेतका ५५ वर्षीय पूर्णबहादुर सार्की तथा दाङ तुलसीपुर उपमहानगरपालिका–७ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेतमा बस्दै आएका ५३ वर्षीय दामे दमाई रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

    त्यस्तै लिखत बेइज्जती मुद्दामा रु तीन हजार जरिवाना तोकिएका वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेतका ४५ वर्षीय जैसरा बोहोरा, जालसाजी मुद्दामा रु एक/एक सय जरिवाना तोकिएका वीरेन्द्रनगर नगरपालिका–१० का २७ वर्षीय कुमार गुरुङ, २६ वर्षीय सुमन गुरुङ र ५५ वर्षीय विष्णुमाया गुरुङलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए। उनका अनुसार पक्राउ परेका छ प्रतिवादीलाई सुर्खेत जिल्ला अदालतमा उपस्थित गराइएको छ।

    त्यसैगरी लागुऔषध ब्राउन सुगरसहित प्रहरीले आज बिहान दुई जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–५ सुर्खेत गणेशचोक निवासी २५ वर्षीय सन्दीप विक र ३० वर्षीय खडानन्द पौडेल पक्राउ परेका हुन्। उनीहरुलाई ७७० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार