Nepal Face
  • आइतबार, १० साउन २०८३
  • के गर्ला ठाकुर पक्ष ?


    मंगलबार, साउन १२ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं।  निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता प्रदान गरेपछि महन्थ ठाकुर पक्ष दोधारमा परेको छ। आयोगले नयाँ पार्टी खोल्ने अवसर दिए पनि कसरी नयाँ पार्टी खोल्ने, त्यसको प्रभाव कस्तो हुन्छ भन्ने प्रश्न खडा भएको छ। ठाकुर पक्षमा रहने सांसदको पद के हुने भनेर आयोग बोलेको छैन। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले यो विषय संसद् सचिवालयको भएकाले त्यहींबाटै त्यसको निरुपण हुनुपर्ने बताए।   

    ठाकुर पक्षका कार्यकारिणी सदस्य केशव झाले अब कसरी बढ्ने भन्ने विषयमा निष्कर्षमा पुगिनसकेको बताए। ‘आयोगले आफ्नो आदेश सुनायो तर हामीले त्यो कार्यकारिणी समितिलाई नै मानेका छैनौं’, नेता झाले भने, ‘त्यस विषयमा हामीले सर्वोच्च अदालतमा रिट पनि हालेका छौं।’ उनले सर्वोच्चको फैसलाले आफ्नो पक्षको बाटो तय हुने बताए। आफ्नो पक्षमा रहेका कार्यकारिणी सदस्य, सांसदबीचको छलफलपछि मात्रै निश्कर्षमा पुग्ने उनको भनाइ छ। ‘हामी भोलि–पर्सि नै हाम्रो पक्षको बैठक बसाउँछौँ र कानुन व्यवसायीसँग पनि परामर्श लिन्छौं’, उनले भने, ‘त्यसपछि मात्रै नयाँ पार्टी खोल्ने वा कसरी जाने विषयमा निश्कर्षमा पुग्छौं।’ 

    आधिकारिकता पाएको पक्षले गर्ने व्यवहारले पनि कसरी बढ्ने कुरा निक्र्योल हुने एक कार्यकारिणी सदस्यले बताए। ५१ सदस्यीय जसपाको केन्द्रीय कार्यकारिणी समितिमा ठाकुर पक्षमा १६ जना मात्रै देखिएका छन्। ३७ संघीय संसद (प्रतिनिधिसभामा ३४ र राष्ट्रिय सभामा ३) मा कति सांसद महन्थ पक्षमा रहन्छ भन्ने केही दिन एकिन हुनेछ। अन्नपुर्ण पोष्टदैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार