Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनको कार्यतालिका परिवर्तन गर्ने तयारी


    मंगलबार, साउन १२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाै। प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन् । 

    बैठक आज बिहान ९ बजे निजी निवास बूढानीलकण्ठमा बोलाइएको  पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताले धर्ना र आमरण अनसन जारी राखेकोले देउवाको निजी निवासमा बैठक राखिएको छ। 

    यसअघि शनिबार बसेको पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले मंगलबारका लागि छानबिन प्रतिवेदन बुझाउने समय मागेका थिए । सदस्यता विवादबारे आजकै पदाधिकारी बैठकबाट निर्णय लिने तयारी देउवाको रहेको पौडेलको भनाइ छ। 

    बैठकबाट अधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन गर्ने तयारी छ। महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन र क्रियाशील सदस्यता फाइनलबारे बैठकमा छलफल गरी निर्णय लिने तयारी छ।

    साउन २२ गतेदेखि कार्यतालिका सुरु हुने गरी निर्णय गरिनेछ। वडा तहको अधिवेशन सुरु भएको ३५ दिनमा केन्द्रीय महाधिवेशन गनुपर्नेमा त्यसलाई बढाएर ५६ दिन पुर्‍याउने विषयमा पनि छलफल भएको बताइएको छ।

    जसका कारण कांग्रेस महाधिवेशन फेरि अनिश्चित बनेको हो। शनिबारको पदाधिकारी बैठकले १२ साउनका लागि तय भएको वडा अधिवेशन स्थगित गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार