Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंबाट धनगढीका लागि उडेकाे बुद्ध एयरकाे जहाज काठमाडौँमै आपतकालीन अवतरण


    सोमबार, साउन ११ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेकाे बुद्ध एयरकाे जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण भएको छ ।

    सोमबार साँझ 9N-AMD जहाज भरतपुर क्षेत्रबाट डाइभर्ट गरेर पुन: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आपतकालीन अवतरण गरिएको बुद्ध एयरले जनाएको छ ।

    बुद्ध एयर स्रोतका अनुसार जहाजमा ‘प्राविधिक गडबडी’ आएको पत्ता लागेपछि चालक दलका सदस्यले जहाज तत्काल विमानस्थल फर्काउने निर्णय लिएका थिए ।

    त्यसपछि जहाज विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ । जहाजमा ६९ जना यात्रु सवार थिए । उनीहरुलाई आजै अर्को जहाजबाट धनगढी पठाइँदैछ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार