Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्सेमा करेक्सनः सात कम्पनीको शेयरमा सकारात्म्क सर्किट


    सोमबार, साउन ११ २०७८
    520
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडाैं ।  आइतबार उच्च अङ्कले बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ८।२४ बिन्दुले ओरालो लागेको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा करेक्सन भई तीन हजार ५०।४२ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २।९३ बिन्दुले ओरालो लागेर ५७१।१० मा ओर्लेको छ ।

    नेप्से ओरालो लागे पनि कारोबार रकम भने रु १४ अर्बमाथि रहेको छ । कूल २२३ कम्पनीको तीन करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर रु १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर ओरालो लागेको छ भने आठ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । बैंकिङ ४३।५, विकास बैंक ३४।३८, अन्य १०।५१, सामूहिक लगानी कोष ०।२६ र लगानी ०।१५ बिन्दुले घटेको छ ।

    व्यापार ५५।०४, होटल तथा पर्यटन १४।१६, जलविद्युत् १०२।६५, वित्त ६५।५३, निर्जीवन बीमा १४।९३, उत्पादन ८४।६८, लघुवित्त ९८।१, जीवन बीमा ६८।०७ बिन्दुले बढेको छ । सोमबारको कारोबारपछि बजार पुँजीकरण रु ४२ खर्ब ४३ अर्ब २९ करोड ४७ लाख १० हजार बराबर पुगेको छ । कारोबारका आधारमा आज ङादी ग्रुप अफ पावर शीर्ष स्थानमा रहेको छ । सा कम्पनीको रु ३९ करोड ३० लाख ३७ हजार ८३२ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु ३३ करोड ५६ लाख ५२ हजार ९०९, एनआइसि एशिया बैंक रु ३३ करोड ४१ हजार ६५ हजार ५७५, कृषि विकास बैंक रु ३२ करोड ८५ लाख ९२ हजार ३३३ र नेपाल बैंक रु ३२ करोड ३१ लाख १५ हजार ६७६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

    कारोबारका आधारमा विशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी हाइड्रो पावर माउण्टेन हाइड्रो नेपाल, ग्रीन लाइफ हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, ङादी ग्रुप अफ पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । एनआइसि एशिया ऋणपत्र ७।२२, पोखरा फाइनान्स ५।२०, सनराइज प्रस्ट म्युचुअल फण्ड ४।०१, सनराइज बैंक ३।९० र लक्ष्मी बैंकका लगानीकर्ताले ३।६७ प्रतिशतले गुमाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार