Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खैरो हिरोइनसहित पक्राउ परेका वडाध्यक्षलाई छुटाउन आर्थिक चलखेल


    सोमबार, साउन ११ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बीरगंज । लागुऔषध खैरो हिरोइनसहित पक्राउ परेका पर्साको पकहामैनपुर गाउँपालिकाका वडा नम्बर १ का वडाध्यक्ष अमिरका सहनीलाई छुटाउन चलखेल भइरहेको छ । इलाका प्रहरी कार्यालय पोखरियाले लागूऔषध हिरोइनसहित पक्राउ गरेका सहनीलाई छुटाउन गृहमन्त्रालयसम्म दौडधूप भइरहेको छ ।

    वडा अध्यक्ष सहनीसहित पक्राउ परेका तीनै जनालाई छुटाउन लाखौं रकम घुसको कुरा भइरहेको स्रोतले बताएको छ । स्रोतका अनुसार इलाका प्रहरी कार्यालय पोखरीया प्रहरी निरीक्षक दीपक थापालाई विभिन्न किसिमको तनाव र राजनीतिक दबाव समेत दिइएको छ । 

    वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बर्बा नजिकैबाट सरकारी मोटरसाइकलसहित साउन ३ गते पक्राउ परेका वडाध्यक्ष सहनीलाई छुटाउन दवाव सृजना गरे पनि अनुसन्धानमा कुनै प्रभाव नपर्ने पर्सा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश  खनालले बताए । साथै ९० दिनसम्म म्याद थपेर कारबाही प्रक्रिया बढाउन मिल्ने हुँदा दवाव आए पनि प्रहरीको अनुसन्धानमा कुनै किसिमको आशंका नगर्न अपिल गरेका छन् ।

    लागुऔषध ऐन, २०३३ अनुसार दोषी ठहर भएमा १० देखि १५ वर्षसम्म कैद र ७५ हजार रुपैयाँदेखि २ लाखसम्म जरिवानाको सजाय व्यवस्था रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार