Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्याक्सी चालकको ज्यादतीविरुद्ध पठाओ राइडरद्वारा विरोध  प्रदर्शन


    सोमबार, साउन ११ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । ट्याक्सी चालकहरूले आफूहरूमाथि गुण्डागर्दी शैलीमा बारम्बार आक्रमण गरेको भन्दै ‘राइडर एकता जिन्दाबाद’ नारासहित पठाओ राइडरहरु विरोध  प्रदर्शनमा उत्रिएका छन् । 

    आफूहरूमाथि भइरहेको आक्रमण बन्द गर्नका साथै आफूहरूलाई कानुनी मान्यता प्रदान गर्न राइडहरुले माग गरेका छन् । 

     र्‍यालीले जनताहरू मारमा पर्ने भन्दै उनीहरूले निकाल्न लागेको बाइक र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ ।

    आफ्नो माग सम्बोधन गर्न सम्बन्धित निकायमा गएर वार्ताद्वारा समस्या समाधान गर्न प्रहरी पठाओ राइडरहरुलाई आग्रह गर्दा राइडरहरुले नमाने पछि प्रहरीले बाइकको साँचो नियन्त्रणमा लिएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार