Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली-नेपालबीच आरोप-प्रत्यारोप, १० बुँदे सहमति कार्यान्वयन गर्न कार्यदलको माग


    सोमबार, साउन ११ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेभित्र जारी विवाद समाधान गर्न भएको १० बुँदे सहमति कार्यान्वयन गर्न पार्टीका सांसदहरूले माग गरेका छन् । पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आरोप–प्रत्यारोपको शृंखला चलिरहेका बेला पार्टीका सांसदहरूले भने १० बुँदे सहमति कार्यान्वयनमा जोड दिएका छन् ।

    नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आइतबार १० सदस्यीय विघटित कार्यदलका नेतासँगको छलफलपछि विघटित कार्यदलले तयार पारेको १० बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न दुई शीर्ष नेतासँग माग गरेका छन् । उनीहरूले लिखित प्रस्ताव पारित गर्दै दुई शीर्ष नेतालाई १० बुँदे सहमति कार्यान्वयनको नेतृत्व लिनसमेत आग्रह गरेका छन् ।

    पार्टीको संस्थापन पक्ष र नेपाल पक्षका दुवै समूहका सांसदहरूको सहभागिता रहेको छलफलको संयोजन यज्ञराज सुनुवारले गर्नुभएको थियो । कार्यदलका दुवै संयोजक भीम रावल र सुवास नेम्वाङले १० बुँदे सहमति गर्दाको मेहनत र यसले पार्टीलाई एक बनाउन गर्ने सहयोगबारे बताएपछि सांसदहरूले यस्तो माग गरेका हुन् ।

    सांसद सुनुवारले पार्टी एकताका लागि पारित गरेको १० बुँदे सहमतिले एमालेका आन्तरिक समस्या समाधान गरी पार्टी एकता गर्न सकिन्छ भन्ने साझा बुझाइ आफूहरूको रहेको बताउनुभयो । नेपाल समूहमा रहेका सुनुवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन सर्वोच्च अदालतमा जारी गरिएको रिटमा हस्ताक्षर गरे पनि साउन ३ गते संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई भने विश्वासको मत दिनुभएको थिएन । नेपाल समाचारपत्रमा खबर  छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार