Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पत्रकार पन्तलाई कोभिड बिमा रकम प्रदान


    शुक्रबार, साउन ८ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मिसन मिडिया क्लवले पत्रकार महासंघ ललितपुरका सदस्य कोभिड संक्रमित पत्रकार अर्जुन पन्तलाइ कोभिड विमा बापतको रकम हस्तान्तरण गरेको छ ।  

    महासंघ उपत्यका प्रदेश समिति र मिसन मिडिया क्लवका अध्यक्ष श्रीजन झाले प्रदेश समितिका कोषाध्यक्ष समेत रहेका पत्रकार पन्तलाइ कोभिड विमा बापतको रकम हस्तान्तरण गरेका छन् ।

    त्यस्तै, यसअघि क्लवले संक्रमित पत्रकारलाइ जनही रू एकलाख रुपैयाँ उपलब्ध गराउँदै आएकोमा यसपटक कोभिड–१९ दोस्रो लहरको उच्च जोखिमका कारण नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको बैठकको निर्णयानुसार समितिले स्थापना गरेको कोभिड पत्रकार राहत कोष प्रयोजनका लागि क्लवको तर्फबाट वीमित पत्रकारसँग रु दश हजार कट्टी गर्दै विमा रकम हस्तान्तरण गरेको हो ।

    प्रदेश समितिको प्रथम कार्यसमितिमा महासचिवको जिम्मेवारी लिंदै गर्दा झाको अगुवाइमा महासंघ उपत्यका प्रदेश समिति आवद्ध प्रदेश मातहत रहेका जिल्ला काठमाडौ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको पत्रकार कोभिड बीमा  गरेको थियो । चेक हस्तान्तरण कार्यक्रममा प्रदेश कार्यसमिति सदस्यद्वय प्रवीन श्रेष्ठ, घनश्याम अधिकारी र फोटो पत्रकार अनुप प्रधानको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार