Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ६ बजेर ५७ मिनेटमा भूकम्प धक्का : खोटाङको खर्मी केन्द्रविन्दु


    शुक्रबार, साउन ८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। खोटाङको खर्मी केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५७ मिनेटमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको खर्मी आसपास केन्द्रविन्दू भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको हो ।

    केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईका अनुसार सो भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको अनुमान गरिएको छ । सो भूकम्पबारे आवश्यक अनुसन्धान भइरहेको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार