Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निको हुने भन्दा थपिनेको संख्या दाेब्बर, १ हजार ६७८ जना कोरोनाबाट मुक्त हुँदा १८ जनाको मृत्‍यु


    शुक्रबार, साउन ८ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । शुक्रबार थप २ हजार ९७७ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ६९८ नमूना पिसिआर परीक्षण गर्दा १ हजार ९८२ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार ६१०  गर्दा ९९५ मा संक्रमण देखिएको छ।

    कुल १७ हजार ३०८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् । 

    थप १८ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

    पछिल्लो २४ घण्टामा १ हजार ६७८ जना कोरोनाबाट मुक्त भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार