Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भोलिदेखि लामो दूरीका यातायात चल्ने


    शुक्रबार, साउन ८ २०७८
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौ‌ले भोलिदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार  सूचना जारी गरी त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका परीक्षालाई समेत मध्यनजर गर्दै सरकारले तोकेको मापदण्ड पालना गरी सार्वजनिक यातायात चलाउन अनुमति दिइएको जनाएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रीपरिषद्को मिति २०७८/०४/०४ को निर्णय अुनसार त्रिभुवन विश्‍वविद्यालय तथा लोकसेवा आयोग लगायतका निकायहरुबाछ परीक्षा कार्यक्रम सार्वजनकि भएकाले देशका विभिन्‍न भागबाट हुने परीक्षा तथा सर्वसाधारणहरुको आवतजावतलाई सहज बनाउन उपत्‍यकाका सम्पूर्ण यातायात व्‍यवसायीहरुले सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लोमो दूरीका सार्वजनिक यातायात सञ्चालनको व्‍यवस्था मिलाउन अनुरोध छ।’

    यस्तै प्रशासनले अनिवार्य रुपमा काउण्टरबाट मात्रै टिकट काटेर यात्रा गर्न यात्रुलाई आग्रह गरेको छ ।

    kathmandu-administration-release.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार