Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • टोकियो ओलम्पिक : सोनियाले रशियाकी इरिनासँग पहिलो चरणमा खेल्ने


    शुक्रबार, साउन ८ २०७८
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । टोकियो ओलम्पिक २०२० अन्तर्गत जुडोतर्फको पहिलो चरणको खेलमा नेपालकी सोनिया भट्टले रसियाकी डोल्गोभा इरिनासँग खेल्ने भएकी छिन्।

    ओलम्पिकले बिहीबार सार्वजनिक गरेको खेल तालिका अनुसार ४८ केजी तौल समूहमा सोनियाको भेट इरिनासँग हुने पक्का भएको हो । यी दुईबीच २४ जुलाईमा प्रतिस्पर्धा हुनेछ।

    इरिना विश्व वरीयतामा नवौं स्थानमा छिन्। सोनिया भने विश्व वरीयतामा १ सय २७औं स्थानमा छिन् । उनले नेपालमा डेढ वर्ष अगाडि आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा कास्य पदक जितेकी थिइन्।

    उनी वाइल्डकार्डमार्फत् ओलम्पिकमा छनोट भएकी हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार