काठमाडौँ । शुक्रबार विहानै काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ।
आज विहान सात बजेर पाँच मिनेट जाँदा भुकम्पको धक्का महसुस गरिएको हो।
भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
यसअघि गत असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा ३ दशमलव २ रेक्टरको भूकम्पको धक्का महशुस गरिएको थियो।