काठमाडौं । नेपाल प्रहरीको रिक्त एक डिआईजी पदमा एसएसपी सौरभ राणा बढुवा सिफारिस भएका छन् । गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा आज बसेको बढुवा समितिले राणालाई बढुवा सिफारिस गरेको हो ।
सहकुलबहादुर थापा एआइजीमा बढुवा भएपछि रिक्त डीआइजी पदमा राणाको बढुवा सिफारिस भएको हो । एसएसी राणा आइजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् । २ बर्षअघि संघीय प्रहरी इकाइ धरानमा कार्यरत रहँदा एएसपी राणामाथि धरानकी एक महिलाले यौनशोषण गरेको भन्दै दिएको उजुरीका आधारमा उनी बढुवाबाट बन्चित भएका थिए । उनी केही समय निलम्बनमा पनि परेका थिए । प्रहरी छानबिनका क्रममा एसएसपी राणा निर्दोष ठहरिएका थिए ।
आइजीपी थापाले आफ्नै ब्याचका राणालाई बढुवा सिफारिस गरी न्याय दिएका छन् ।
रिक्त एक डीआइजीका लागि सन्दीप भण्डारी, उमेशराज जोशी, टेकप्रसाद राई, श्याम ज्ञवाली, दीपक थापादेखि ११ औं नम्बरका एसएसपी भीम ढकालसम्म दौडमा थिए । तर बरिष्ठताका आधारमा राणा सिफारिस भएका छन् ।