Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • भरतपुरमा मृत भेटिएका पुरुष नेपाली सेनाका जवान रहेको खुल्यो


    बिहिबार, साउन ७ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चितवनको शारदानगरमा फेला परेको शवको पहिचान भएको छ । भरतपुर महानगरपालिका १७ सिमलडाडामा रहेको एक घोलमा भेटिएको शव धादिङ निलकण्ठ नगरपालिका घर भएका भरत गुरुङको रहेको प्रहरीले जनाएको छ । 

    ३६ वर्षीय मृतक गुरुङ नेपाली सेनाका जवान  रहेको जनाइएको छ । उनी नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज टोखामा कार्यरत रहेका थिए । 

    शवमा टाउकोमा गोली लागेको जस्तो देखिएकोले घटनालाई लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा १ थान गोलीको खोका पनि भेटिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार