Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दोहोरो अंकले बढेको सेयर बजारले पार गर्योे तीन हजार विन्दु


    बिहिबार, साउन ७ २०७८
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । साताको अन्तिम कारोबारका दिन बिहिबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । बिहीबार नेप्से १८.७ अंकले वृद्धि भई ३ हजार ४ अंकमा बन्द भएको छ। यो सँगै सेयर बजारले ३ हजारको मनोवैज्ञानिक विन्दु नाघेको छ ।

    यस दिन परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। बिहीबार कुल ११ अर्ब ११ करोड रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

    समूहगत हिसाबमा बिहीबार बैंकिङ ३५, जलविद्युत २४, फाइनान्स ३८ र निर्जीवन बीमा ३८ अंक, ब्यापार ८२, होटल तथा पर्यटन १५, विकास बैंक १४, उत्पादन २१, अन्य ११, माइक्रोफाइनान्स १२ र जीवन बीमा समूह ३८ अंकले घटेका छन् ।

    यस दिन ङादी ग्रुप र सिइडिबी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। पोखरा फाइनान्स र माउन्टेन हाइड्रोको मूल्य पनि १० प्रतिशतकै हाराहारीमा बढेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार