काठमाडौं । बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार तोलामा ७ सय रुपैयाले घटेको सुनको मूल्य आज पनि ७ सयले नै घटेको हो ।
बुधबार प्रतितोला ९२ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ७ सय रुपैयाले घटेर तोलाको ९१ हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य बढेर तोलाको १ हजार २ सय ७० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।