Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवनमा शंकास्पद अवस्थामा एक युवकको शव फेला


    बिहिबार, साउन ७ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित बनगाई डेरी चोक नजिकै शंकास्पद अवस्थामा अन्दाजी ३० वर्षका युवकको शव फेला परेको छ ।

    डुबेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान भने भएको छैन ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीका अनुसार मृतकको टाउकोमा गोली लागेको जस्तो देखिएको र घटनास्थलमा एक थान गोलीको खोका समेत भेटिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार