Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् आज साउन ६ गते बुधबारको राशिफल


    बुधबार, साउन ६ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    प्रेममा बाधाका साथै मन कमजोर रहला । घर परिवारमा झैझमेलाको अवस्था आउला । कार्यमा अवरोध आउला । दिनको उत्तरार्धमा खर्च हुनेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    आज कुनै कुराले मनमा प्रसनता छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्ला । प्रेममा पनि सफलता प्राप्त हुनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    अरुलाई प्रभावित पारेर काम बन्नेछ । चलखीपूर्ण कार्यले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग पनि मिल्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाईएला ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    शुभारम्भको चर्चा चल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । पारिवारिक र दाम्पत्य जीवन सुखमय पनि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार