Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली र विप्लव समूहबीच भेटवार्ता, ओली सरकार हुँदा भएको सहमति कार्यान्वयनमा ढिला भएको गुनासो


    मंगलबार, साउन ५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेत्रविक्रम चन्द (विप्लव)बीच भेटवार्ता भएको छ ।

    स्राेतका अनुसार भेटका लागि विप्लवसहित, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बस्तोलाई ओली, निवास बालकोटमा पुगेका थिए ।

    १ फागुन २०७७ मा ओली सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनमा ढिला भएको गुनासो गरेका उनीहरुले हिजो जे सहमति गरेर आएका हौं, त्यसअनुसार नै अगाडि बढ्न चाहने बताएका छन ।

    यसबारे अध्यक्ष ओलीले सरकार भए पनि विपक्षमा रहे पनि सहमतिबारे आफ्नो धारणा एक रहने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार