Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिर्जना बस्नेत मृत्यु प्रकरण : छानबिनमा संलग्न प्रहरी नै गुपचुप, राप्रपा सडकमा


    मंगलबार, साउन ५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • झापा । जिल्लाको एक सहकारी संस्थामा कार्यरत सिर्जना बस्नेतको मृत्यु प्रकरणलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध प्रदर्शन गरेको छ। 

    झापाको बिर्तामोडस्थित एउटा सहकारीमा कार्यरत बस्नेतको शव उनी बसेको घरको मुनिपट्टि अर्धनग्न अवस्थामा भेटिएको थियो । तर, उनको शव भेटिएको ९ दिन बितिसक्दा पनि अनुसन्धानमा के भयो भन्ने कुरा बाहिर नआएको कारण बिर्तामोड नगरपालिकासहित राप्रपाले सोमबार प्रदर्शन गर्दै घटनाको निष्पक्ष छानविनको  माग गरेको छ। 

    इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यलाई अनुसन्धान प्रगतिबारे सोध्दा केही बताउन नचाहेको बस्नेतनिकट आफन्तको आरोप छ । यसबारे बिर्तामोड नगरपालिकाले नगरको शान्ति सुरक्षा सन्तोषजनक नरहेको भन्दै दुई पटक विज्ञप्ति जारी गरिसकेको जनाएको छ। 

    सोमबार बिर्तामोडमा प्रदर्शनको क्रममा राप्रपाले ‘हत्याराको खोजी गर, नागरिक सुरक्षाको ग्यारेण्टी गर’ भन्दै बिरोध प्रदर्शन गरेको थियो। 

    राप्रपा नगर समिति बिर्तामोड र मन्जुश्री असहाय संरक्षण केन्द्रले संयुक्तरूपमा निकालेको बिरोध र्‍यालीपछि आयोजित कोण सभामा बोल्दै पार्टीका झापा अध्यक्ष केशब ओझाले आफूहरुको कार्यक्रम सांकेतिक भएको तर सुरक्षा अवस्था यस्तै रहिरहे आफूहरु अर्को रुपमा प्रस्तुत हुन बाध्य हुने बताए।

    यस्तै, राप्रपा नेपाल कमल थापाले पनि सृजना बस्नेतको हत्याराको खोजी गर, नागरिक सुरक्षाको ग्यारेन्टी गर ! भन्दै सामाजिक संजालमार्फत प्रदर्शन गरेका  छन्। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार