Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छलेर ल्याएको रक्सी र घुस, अहिले आफैलाई उकुसमुकुस


    मंगलबार, साउन ५ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । राजश्व छलीको सामान बरामद गरेपछि प्रहरीलाई नगद नजराना दिन खोजेको आरोपमा एक जना साहु प्रहरीको फन्दामा परेका छन् ।

    प्रहरीलाई घुस दिएर फुर्सद लिन खोज्ने उदयपुर त्रियुगा नपा -११ का टिकाबहादुर बस्नेत हुन् । प्रहरीले साँझ ५ बजेतिर उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नं.३ बसपार्कमा ज १ च १५४६ नं.को बोलेरो गाडीमा बिल भरपाई नभएको करिब एक लाख २० हजार ५०० सय रुपैयाँ बराबरको सामान बरामद गरेको थियो । ती सामान छुटाउन उनले प्रहरीलाई २५ हजार रुपैयाँ घुस अफर गरेको डिएसपी वेदप्रसाद गौतमले बताउनुभयो ।

    उनीविरुद्ध अभद्र व्यवहार गर्न नहुनेसम्बन्धी मुद्दा चलाइने भएको छ । बरामद सामग्रीहरुमा गोर्खा स्ट्रङ बियर ६ कार्टुन,रकस्टार बियर १२ कार्टुन,दिलवाले नामक रक्सी १२ कार्टुन,गोल्डेन वक ३७५ एमएलको २४ पिस, गोल्डेन वक १८० एमएलको ८ पिस,८८४८ भोड्का ७५० एमएलको ९,१८० एमएलको ३० पिस र पुकार एप्पल १८० एमएलको ६० पिस मदिरा रहेको छ ।

    त्यसैगरी अन्सफ्ट पेय पदार्थहरु डिउ बदाम जुस, फ्रुटि,मोटु पतलु चाउचाउ, बिस्कुट र सूर्तिजन्य पदार्थ पनि रहेका छन् । उनलाई बरामद समान र गाडीसहित आवश्यक कार्वाहीको लागि करदाता सेवा कार्यालय गाईघाट उदयपुर पठाईएको छ । जनआस्थामा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार