Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालले किनेको १० लाख खोप छिट्टै दिने मोदीको वचन


    मंगलबार, साउन ५ २०७८
    860
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नेपालले खरिद गरेको कोभिसिल्ड उपलब्ध गराउने वचन दिएका छन्। प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेरबहादुर देउवाले सोमवार ट्विटमार्फत सो कुराको जानकारी दिएका छन्। दुई प्रधानमन्त्रीबीचको टेलिफोन वार्तामा अब छिट्टै कोभिसिल्ड खोप दिने सुनिश्चतता भएको हो।  

    ‘आज मेरो भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीसँग भएको टेलिफोन वार्तामा प्रधानमन्त्री मोदीले छिट्टै कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने सुनिश्चता गर्नुभएको छ,’ उनले भने। प्रधानमन्त्री देउवाका पे्रस निजी सचिव भानु देउवाले गत फागुनमा नेपालले खरिद गरेको १० लाख कोभिडसिल्ड खोप दिने बचन दिएको बताए। ‘नेपालले पहिला नै भुक्तानी गरिसकेको थप १० लाख कोभिसिल्ड खोप दिने वचन दिएका हुन्,’ उनले प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै भने।  

    सोमबार नै भारतीय प्रधानमन्त्री मोदीले  ट्विट गरी भारत–नेपालबीचको आगामी फराकिलो मित्रताको लागि सँंगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ट्विटमा मोदीले भनेका छन्, ‘कोभिड १९ महामारीविरुद्धको लडाइँसहित सहकार्य गर्नेछौं ।’  

    प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री दुवैले भारतले कति खोप दिने र कुन प्रक्रियाबाट दिने भन्ने विषयमा जानकारी दिएका छैनन्। आइतबार नै भारतले नेपालमा फैलिरहेको कोभिड १९ विरुद्धको लडाइँमा सहयोग जनाउँदै १ सय ५० थान पिडियाट्रिक आइसियु बेड प्रदान गरेको थियो। नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राले आइसियु वेड हस्तान्तरण गरेका थिए । 

    सो क्रममा सञ्चारकर्मीले नेपालमा कोभिड १९ विरुद्धको खोप आवश्यक भएको बेलामा किन आइसियु बेड सहयोग भन्ने प्रश्न गरेका थिए। सो प्रश्नको जवाफ दिँदै क्वात्राले अन्य स्वास्थ्य सामग्रीसहित खोपसमेत उपलब्ध गराउने संकेत गरेका थिए।

    अघिल्लो साता चीनले थप १६ लाख खोप दिने घोषणा गरेलगत्तै भारतीय प्रधानमन्त्री मोदीले पनि नेपाललाई कोभिडशिल्ड खोप दिने वचन दिएका हुन्। गत चैतमै नेपालले खरिद प्रक्रियाबाट २० लाख कोभिसिल्ड खोप लिनको लागि अग्रिम भुक्तानी गरेकोमा १० लाख मात्र खोप दिएर रोकिएको थियो। भारतमा कोभिड १९ को दोस्रो महामारी फैलिएपछि भारतीय सर्वोच्च अदालतले खोप उत्पादक कम्पनीलाई स्वदेशी नागरिकलाई खोप नपुगी देशबाहिर निर्यातमा रोक लगाएको थियो।  नागरिक दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार