काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार तोलामा ६ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलाको २ सय रुपैयाले बढेको हो ।
आइतबार प्रतितोला ९२ हजार ६ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलामा ९२ हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्य घटेर तोलाको १ हजार २ सय ९० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।