Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेयर बजारमा नयाँ किर्तिमान्, नप्से परिसूचक अहिलेसम्मकै सवैभन्दा उच्च बिन्दूमा


    सोमबार, साउन ४ २०७८
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्सेमा  किर्तिमान् कायम भएको छ । कारोबार खुल्ने बित्तिक्कै ५० अंकले बढेको बजारमा नेप्से परिसूचक तीन हजार ३२ अंकमा उक्लिएको थियो, जुन अहिलेसम्मकै सवैभन्दा उच्च बिन्दू हो ।

    यसअघि जेठ ३१ गते नेप्से परिसूचक तीन हजार २५ अंकमा पुगेको थियो । त्यसपछिका एक महिना १५२ अंकले घटेको बजारमा आइतबारदेखि तीव्र सुधार देखिएको छ । आइतबार नेप्से परिसूचक ९७.२१ अंकले बढेको थियो ।

    सोमबारको कारोबारमा नयाँ रेकर्ड कायम हुँदा बजारमा ५० करोड बढीको कारोबार भएको थियो ।  कारोबारमा आएका १३ उपसूचकमध्ये ११ वटा सूचकमा हरियाली छाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार