Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजदेखि कोरोना विरुद्धको अमेरिकी खोप ‘जोन्सन’ लगाइँदै


    सोमबार, साउन ४ २०७८
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।  कोरोना विरुद्धको अमेरिकी खोप जोन्सन आजदेखि काठमाडौमा  लगाइने भएको छ ।

    अमेरिकी खोप निर्माता कम्पनी जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको जोन्सन खोप एक मात्रा लगाए पुग्छ । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा मार्फत अमेरिकाले नेपाललाई यो खोप उपलब्ध गराएको हो ।
    खोप लगाउन ४४ खोप केन्द्र तोकिएका छन् ।

    अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप उपलब्ध गराएको थियो । यो खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाउने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।

    पूर्ण र अति अशक्त अपांगता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीले समेत यो खोप लगाउन पाउने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार