Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कप्तान धवन चम्किंदा भारतको उत्कृष्ट जित


    सोमबार, साउन ४ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । पहिलो एकदिवसीय क्रिकेटमा भारतले श्रीलङ्कालाई सात विकेटले हराएको छ ।

    जितसँगै भारतले तीन खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । कोलम्बोमा गएराति श्रीलङ्काले दिएको २६३ रनको लक्ष्य भारतले ८० बल बाँकी छँदै भेट्टायो ।

    भारतका लागि कप्तान शिखर धवन र इशान किसनले अर्धशतकीय पारी खेले । धवनले ८६ र किसनले ५९ रन बनाए । यस्तै पृथ्वी शले ४३, सूर्यकुमार यादवले ३१ र मनिष पाण्डेयले २६ रन जोडे ।

    श्रीलङ्काका लागि धनञ्जय सिल्भाले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले ५० ओभरमा ९ विकेट गुमाएर २६२ रन बनाएको थियो ।

    श्रीलङ्काका लागि चामिका करुनारत्नेले ४३, कप्तान डसुन शनकाले ३९, चारिथ आश्लन्काले ३८, मिनोद भानुकाले २७ र भानुका राजपाक्षेले २४ रन बनाए ।

    भारतका दिपक चाहर, युजभेन्द्र चाहल र कुलदीप यादवले दुई दुई विकेट लिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार