Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मैनालीको अध्यक्षतामा उद्योग बाणिज्य संघ हल्दिबारी गठन 


    शनिबार, साउन २ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हल्दिवारी । हल्दिवारी गाउँपालिकाभित्र उद्योग–व्यवसाय गरी बस्ने व्यवसायीहरुको हकहितमा काम गर्ने छाता संगठन ‘उद्योग बाणिज्य संघ हल्दिवारी’ युवा व्यवसायी सुमन मैनालीको अध्यक्षतामा गठन भएको छ ।

    शनिबार बसेको उद्योगी तथा व्यवसायीहरुको भेलाले ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।  समितिका सदस्यहरुमा कृष्णप्रसाद प्रसाईं, महेशलाल मेचे, सत्येन्द्रकुमार कर्ण, कुमार कार्की, निरज दाहाल, सुनिल बारकोटी, खड्ग लावती र नेत्रबिक्रम बिमली रहेका छन् ।

    हल्दिवारी गाउँपालिकाभित्र २० भन्दा बढी ठुला उद्योग संचालित छन् भने  करिव ७ सयको हाराहारीमा यहाँ व्यवसाय गरेर बस्ने व्यवसायीहरु रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार