Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्याक्सीमा छुटेको मोवाइल फेलापारी ट्राफिकले हस्तान्तरण गर्दा शेर्पा दंग


    शनिबार, साउन २ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ट्राफिक प्रहरीको सक्रियतामा ट्याक्सीमा छुटेको सामान यात्रुलाई हस्तान्तरण गरिएको छ । शुक्रबार अपराह्न ५.१५ मा तीनचुलीदेखि अरब बैंक बौद्धसम्म यात्रा गर्ने क्रममा पेम्बा दोर्जे शेर्पाको आई फोन ११ ट्याक्सीमा छुटेको थियो । शेर्पाले मोवाइल ट्याक्सीमा छुटेको सूचना महानगरीय ट्राफिक प्रहरी महाशाखाको खोजतलास शाखामा दिएका दिएका थिए ।

    ट्राफिक प्रहरीको खोजतलास शाखाको सक्रियतामा उक्त मोवाइल फेलापारी शेर्पालाई शनिबार हस्तान्तरण गरिएको छ । उनलाई महानगरीय ट्राफिक महाशाखामै उक्त मोवाइल हस्तान्तरण गरिएको थियो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार