Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँ महानगरले खुलामञ्च आसपासका दुई शौचालय भत्कायो, ती स्थानमा अब आधुनिक शौचालय


    शुक्रबार, साउन १ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वीर अस्पताल नजिकै र विद्युत प्राधिकरण अघि खुलामञ्चका दुई पुराना शौचालय भत्काएको छ । अत्यधिक फोहोर र अव्यवस्थित शौचालय विस्थापन गरी सुविधाजनक नयाँ शौचालय निर्माण गर्ने अभियान अनुरुप ती शौचालय भत्काएको महानगरपालिकाले जानकारी दिएको छ ।

    ‘२०७३ साल असार २७ गते पाँच वर्षका लागि सम्झौता भएको थियो,’ काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भन्नुभयो, ‘उहाँहरुसँगको सम्झौता सकिएपछि हामीले ती स्थानमा सहरी सौदर्यीकरणलाई समेत ध्यान दिए सुविधाजनक नयाँ शौचालय निर्माण गर्ने अभियान अनुरुप भत्काएका हौँ ।’

    काठमाडौँ महानगरपालिकाका महानगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालले पनि सम्झौता अवधि सकिएपछि सहमतिमै ती शौचालय भत्काएको जानकारी दिनुभयो ।

    212315045_2612248735746478_3073930608294795174_n.jpg

    ज्ञवालीले नयाँ बन्ने सार्वजनिक शौचालय बालमैत्री, महिलामैत्री र अपांगतामैत्री हुने बताउनुभयो । ‘सहरी सौदर्यीकरण अभियान अन्तरर्गत रत्नपार्क र खुलामञ्चमा रहेका पुराना शौचालय हटाएका हौँ,’ उहाँले भन्नुभयो, ‘परम्परागत रुपमा सञ्चालित काठमाडौंका सार्वजनिक शौचालयको व्यवस्थापन वा विस्थापन आवश्यक छ । अब बन्ने शौचालय दृष्टिविहिन, शारीरिक रुपमा फरक क्षमता भएका नागरिकका लागिसमेत सहज हुने गरी स्यानिटरी प्याड, पर्याप्त पानी, बत्तीको समेत व्यवस्थासहितका हुनेछन् ।’ ज्ञवालीले काठमाडौँ महानगरपालिकाले सबै वडामा सुबिधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने योजना अनुसार यस अघि नै चक्रपथ सडक खण्डको स्वयम्भू बुद्ध पार्क क्षेत्रमा स्वचालित नमूना सार्वजनिक शौचालयको सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

    214738542_5828747357167350_40811916672050502_n.jpg

    ‘काठमाडौँ महानगरपालिकाले सर्वसाधारणलाई सहज शौचको व्यवस्था होस् भन्ने हेतूले आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेटमा होटल, रेष्टुरेन्ट पसल जस्ता व्यवसायहरुले आफ्नो प्रयोजनका लागि बनाएका शौचालयमा सर्बसाधारणका लागि निःशुल्क सेवा उपलब्ध गराएमा व्यवसाय करमा ५० प्रतिसत छुट दिने घोषणा गरेको छ,’ ज्ञवालीले भन्नुभयो,’ काठमाडौँ महानगरपालिकाले निर्माण गरेका र डिजाइन तयार पारिएका पार्क र बढी भिडभाड हुने स्थानमा समेत शौचालयलाई प्राथमिकतामा राखेका छौँ । केही महिना नयाँ बानेश्वर छक्कुपक्कु पार्कमा निर्माण भएको आधुनिक शौचालय अहिले सञ्चालमा छ ।’

    216165717_2014789725344522_6490026401856258032_n.jpg

    महानगरपालिकाले गौशाला, तीनकुने, कोटेश्वर, नयाँबानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, एनएसी, न्यूरोड जुद्ध शालिक आसपास, हनुमानढोका, जमल, लैनचौर, सोह्रखुट्टे, बल्खु र कुलेश्वरलगायतका स्थानमा सुविधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने योजना अघि सारेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार