Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सशस्त्र प्रहरीका १५ डीएसपी एसपी बढुवा सिफारिस(सूचीसहित)


    शुक्रबार, साउन १ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी बलका १५ डीएसपी एसपी बढुवा सिफारिस भएका छन् । गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा आज बसेको बढुवा समितिले १५ डीएसपीलाई एसपी बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसमा नेपाल प्रहरीको असईबाट २०५८मा सेवा प्रवेश गरेकाहरुमात्र परेका छन् ।

    सशस्त्र प्रहरी बल स्थापना भएपछि बढुवा भएकाहरु परेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भइसकेकाले उनको भेगकामात्रै ५ जना डीएसपी बढुवा सिफारिसमा परेका छन् । एसपी बढुवा सिफारिस भएका डीएसपीहरुमा राजेन्द्र अधिकारी, ज्ञानप्रसाद भूर्तेल, गोपी चन्द, अम्मरबहादुर ऐर, लेखनाथ खनाल, जीवनबहादुर केसी, चेतसिंह थापा छन् ।

    त्यसैगरी, अच्यूतकुमार मजगैया, त्रिभुवन बिष्ट, सुनिल केसरी, राजेन्द्रकुमार श्रेष्ठ, मनहरि कुइकेल, सुशील सुवेदी, बिमल डाँगी र धनबहादुर सिंह बढुवा भएका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार