Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २ हजार ९३६ जना कोरोना संक्रमित थपिंदा ४३ जनाको मृत्यु


    शुक्रबार, साउन १ २०७८
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २,९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार १ सय ८२ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार मुलुकभरमा ९,६१३ जनाको पिसिआर परीक्षणबाट २,००६ जनामा संक्रमण पुष्टि भएको छ भने ४,५६९ जनाको एन्टिजेन परीक्षणबाट ९३० जनामा पुष्टि भएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १,७७५ जना संक्रमणमुक्त भएका छन् । 

    यस्तै ४३ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९,५०६ पुगेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार