Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • गृहमन्त्रीको नाम लिंदै सशस्त्रका गण र गुल्मको सरुवामा चलखेल, आइजीपीले खटाए पीए र बीचौलिया


    शुक्रबार, साउन १ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । सरकार परिवर्तनलगत्तै सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनाल गण र गुल्मका कमाण्डरहरुको सरुवाको गृहकार्यमा लागेका छन् । ४४ गण र ४४ वटै गुल्मपतिको सरुवामा बढी चलखेल भइरहेको छ । लेखा अधिकृत र लेखापालहरुको सरुवामा समेत बोलकबोल भइरहेको स्रोतले बताएको छ । 

    ४४ वटा गणमध्ये २१ वटा सीमासँग जोडिएका गणका कमाण्डरसँग दररेट तोकेर असुलीका लागि सशस्त्र प्रहरी बलका आइजीपी खनालले पीए इन्स्पेक्टर नारायण गुरुङ र बीचौलिया नरेश भट्टलाई खटाएका छन् । खनालले भट्टलाई सशस्त्र प्रहरी बलका सवारी चालक नै खटाइदिएका छन् । तलव सशस्त्रबाट लिने र बीचौलिया भट्टका सवारी चालकमा सिपाही भूपेन्द्र जीसीलाई खटाइएको छ ।

    भट्टले नै गण र गुल्मका कमाण्डरका लागि मोलमोलाई गर्ने कार्य गर्दै आएका छन् । जसले बढी दररेट बुझाउँछ, उसलाई उतिनै आकर्षक गण र  गुल्ममा सरुवा गर्नेगरी मोलतोल भइरहेको स्रोत बताउँछ । स्रोतका अनुसार राजनीतिक माहौल परिवर्तन भएको मौका छोपी सरुवामा २–३ करोड उठाउने योजनामा आइजीपी खनाल छन् । उनी आगामी चैतमा अवकाश हुने भएकोले असुलीमा बढी केन्द्रित भएका छन् ।

    मानवस्रोत विभागका एआइजी रामशरण पौडेलको सोझोपनको फाइदा उठाउँदै आइजीपी खनाल राजनीतिक माहौल परिवर्तनको मौका छोपेर सरुवामा केन्द्रित भएर लागेका छन् । गृहमन्त्री बालकृष्ण खाँडका निकट जन्मजय तिमल्सिना र मन्त्रीपत्नी मन्जु खाँडसमेतको नाम लिएर सरुवामा असुली गर्न थालेका छन् । मन्त्रीलाई बुझाउनुपर्छ भन्दै उनले गण, गुल्म र लेखाको सरुवामा दररेट तोक्दै पीए र बिचौलिया परिचालन गरेका छन् । सशस्त्रमा आर्थिक बर्षको सुरुमा सरुवा हुने गर्दछ ।

    सशस्त्रको केन्द्रीय लेखामा ४ बर्षदेखि कार्यरत इन्स्पेक्टर गणेशबहादुर मल्ल पनि खनालको सरुवा असुली टोलीमा छन् । उनलाई लेखाअधिकृत र लेखापालहरुसँग कलेृक्सन गर्ने जिम्मा दिइएको छ । ठेक्कापट्टाको संकलन त उनले नै गर्दैआएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार