Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस् आज साउन १ गते शुक्रवारको राशिफल


    शुक्रबार, साउन १ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    आज मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भय छ सचेत रहनुहोला ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    ठीक समयमा सही निर्णय लिन सकिनेछ । कलासाहित्यमा रुचि बढ्नेछ । सामाजिक कार्य अघि बढ्नेछ । कृषि कारोबारमा सफलता मिल्नेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    आज श्रद्धा र भक्ति बढ्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । समाजसेवामा मन लाग्ला । शिक्षामा सामान्य सफलता मिल्नेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    प्रेममा मनमुटाव आउनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ । धार्मिक काम र भक्तिभाव बढ्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    आज स्वास्थ्यप्रति सजग रहन आवश्यक छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तरपनि कुनै न कुनै कुराले मन प्रसन्न रहला ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    नसोचेको ठाउँबाट धनागम हुनेछ । घर परिवारसँग समय व्यतीत हुनेछ । मनोरञ्जनमा पूर्वक दिन बित्नेछ । पूजा पाठमा मन जानेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    स्वादिष्ट र सुखद् भोजन मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । साथीभाइसँग समय बित्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।
    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । 
    – ज्यो.प. नारायणप्रसाद दुलाल   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार