Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • २ हजार ६७६ जनामा कोरोना संक्रमित थपिंदा ३३ जनाको मृत्यु


    बिहिबार, असार ३१ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २,६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ७ सय ६८ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार मुलुकभरमा ८२५६ जनाको पिसिआर परीक्षणबाट १७८२ जनामा संक्रमण पुष्टि भएको छ भने ४,५१२ जनाको एन्टिजेन परीक्षणबाट ८९४ जनामा पुष्टि भएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १,७५७ जना संक्रमणमुक्त भएका छन् । 

    यस्तै ३३ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९,४६३ पुगेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार