Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकामा साउन १० सम्म निषेधाज्ञा , बाहिरबाट आउने सार्वजनिक सवारीलाई प्रवेशमा खुकुलो


    बिहिबार, असार ३१ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रेमप्रसाद भट्टराई र ललितपुरका ढुण्डीप्रसाद निरौला सम्मिलित बैठकले काठमाडौं उपत्यकामा साउन १० सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेकाे छ ।

    बाहिर बसेकाे काठमाडौं उपत्यकाका जिल्ला प्रमुख अधिकारी (सिडिओ) को बैठकले उपत्यका बाहिरबाट आएका सार्वजनिक सवारीलाई काठमाडौं उपत्यका प्रवेशमा खुकुलो गर्दै निषेधाज्ञा लम्ब्याउने निर्णय गरेकाे हाे । 

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार आवश्यक परेका सार्वजनिक यातायातलाई प्रवेश अनुमति दिने निर्णय भएकाे छ । 

    आवश्यक परेका सार्वजनिक यातायातलाई उपत्यकामा प्रवेशका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिस चाहिने बताइएको छ ।

    भिडभाड गर्न नपाउने र एक पटकमा २५ जनासम्म भौतिक दुरी कायम गरेर परिक्षा सञ्चालन गर्न पाउने यसअघिको निर्णयलाई निरन्तरता दिइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार