काठमाडौं । निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाका जिल्ला प्रमुख अधिकारी (सिडिओ)को बैठक बस्दै छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार आज बैठक गरेर निषेधाज्ञा थप गर्न के गर्ने भन्ने निर्णय गर्नुकासाथै लामो दूरीका बस पनि चलाउन दिने कि भन्ने बिषयमा छलफल हुने छ ।
बढी भाडा लिएर यात्रुहरूले दु:ख पाएको भन्दै काठमाडौं बाहिरका जिल्लाबाट पनि उपत्यकाभित्र बस आवतजावत गर्न दिनेबारे छलफल गरिने उनले बताए ।
कोरोना जोखिम कम नभएकोले भिडभाड गरिहाल्न नहुनेमा सचेत हुनुपर्ने प्रजिअहरू बताउँछन् ।
यसअघि थप गरिएको निषेधाज्ञा आज सकिँदैछ ।