Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देशभर भारी वर्षाको सम्भावना


    बिहिबार, असार ३१ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज देशभर मौसममा बदली भइ अधिकांश ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश एक, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसो ठूलो पानी पर्ने सम्भावना छ । अहिले प्रदेश एक, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

    यस्तै, आज राति धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ । शनिबारदेखि देशभर मनसुन थप सक्रिय हुने भएकाले लगातार पानी पर्ने सम्भावना रहेको छ ।

    पहाडी क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला तथा खहरे खोलामा बाढीको खतरा रहेकाले दैनिक जनजीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार