Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री देउवाको कार्यकालमा कोरोनाबाट मुलुकले निकास पाउने विश्वास


    बिहिबार, असार ३१ २०७८
    665
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। सुशील कोइराला मेमोरियल फाउन्डेशनले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा कोरोना महामारीको चपेटामा परेको मुलुकले निकास पाउने विश्वास व्यक्त गरेको छ । 

    नेपाली कांग्रेसको महामन्त्रीसमेत रहेका फाउन्डेसनका अध्यक्ष डा शशाङ्क कोइराला र सदस्य सचिव इञ्जिनीयर अतुल कोइरालाले बुधबार विज्ञप्ति जारी गरी नेपाली जनताको सुख, शान्ति र समृृद्धिको सपना पूरा गर्न वर्तमान सरकार सफल हुने कामना गरेका छन् । 

    नेपाली कांग्रेसका सभापति र फाउन्डेसनको संरक्षकसमेत रहेका देउवा मुलुकको प्रधानमन्त्री बनेकामा शुभकामनासहित उनको सफल कार्यकालको कामना पनि गरिएको छ । 

    देउवा मङ्गलबार पाँचौँपटक प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । सोमबार सर्वोच्च अदालतले कांग्रेस संसदीय दलको नेतासमेत रहेका देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार