Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकार ढालेको भन्दै विदेशीमाथि सत्तोसराप


    बिहिबार, असार ३१ २०७८
    690
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्माओलीले आफूनिकट स्थायी समिति सदस्यहरूलाई भारतदेखि युरोपेली युनियनसम्मको चलखेलमा अदालतले आफ्नो सरकार ढालेको ब्रिफिङ गर्नुभएको छ ।

    अनेक कालखण्डमा जारी आदेश र फैसलालाई आफूअनुकूल व्याख्या गर्दै उहाँले गण्डकीबाट आएका नेताहरूसँगको अन्तरंग कुराकानीमा अदालतले पहिले नेकपा र अहिले एमालेलाई दुई टुक्रा बनाएको समेत बताउनुभएको हो ।

    अस्ति बेलुका भन्नुभयो– ‘देउवाको सरकारले चुनावै गराएछ भने पनि फेरि बहुमत ल्याउने हामीले नै हो । आफ्नो कुराको थप पुस्ट्याइँस्वरूप उहाँले अगाडि बताउनुभयो– २०७४ सालको स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पनि कांग्रेस नेतृत्वको सरकार थियो । त्यस्तो बेला पनि जितेको त हामीले नै हो ।

    एमाले अध्यक्ष ओलीका अनुसार, संसदीय व्यवस्थाका सबै ढोका बन्द गरेर ह्वीप नलाग्ने भन्नु दलीय व्यवस्था कमजोर बनाउने खेल हो । अब कुनै पनि दलको सांसदले पार्टीको निर्णय नमान्दा कारबाही गर्न नसकिने भएपछि निर्दलीय व्यवस्थातर्फ मुलुक उन्मुख हुनेछ ।

    बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी र आन्दोलनलाई सशक्त बनाउने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘अब वडा वडासम्म जनताको बीचमा जाने हो । आन्दोलन उठाउने हो ।’

    सोहीबमोजिम हिजो राति उहाँले महेश बस्नेतलाई राति बालुवाटारमा भेट्नुभयो भने त्यसअघि शीतलनिवास पठाउनुभयो । बुधबारको जनआस्थामा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार