Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा २८ प्रतिशत भाडा बढायो


    बुधबार, असार ३० २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको हाल कायम रहेको मूल्यमा २० देखि २८ प्रतिशतसम्म भाडादर वृद्धि गरेको छ ।

    विभागका अनुसार यात्रुबाहक सवारीको भाडा सबैभन्दा बढी २८ प्रतिशतले बढेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत वृद्धि गरिएको छ ।

    विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशतले बढाइएको छ ।

    सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च समबन्धमा विभागले गरेको बजार अध्ययन, विश्लेषण, सरोकारवाला पक्षसँग गरिएको परामर्शका आधारमा भाडा समायोजन गरिएको विभागको दाबी छ।

    असार २७ गते यससम्बन्धी प्रस्तावमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहमति दिएको प्रवक्ता भुसालले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार