काठमाडाैं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २४ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार मुलुकभरमा ८१०८ जनाको पिसिआर परीक्षणबाट २०१० जनामा संक्रमण पुष्टि भएको छ भने ४९१६ जनाको एन्टिजेन परीक्षणबाट ८९५ जनामा पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६०६ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै १८ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९४३० पुगेको छ ।