Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सैनिक जवानद्वारा गोली हानी आत्महत्या


    बुधबार, असार ३० २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । महोत्तरीमा एक जना सेनाका जवानले गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

    रणभिम गण प्रकौली ब्यारेकमा कार्यरत सैनिक जवानले बुधबार बिहान आफैंलाई गोली हानेर आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश बिष्टले जानकारी दिए ।

    रामेछाप घर भएका ती जवानले आफैँले बोकेको मिनी इन्सास हतियारले बाँया कन्चटमा गोली हानेको पाइएको उनले बताए ।

    बुधबार बिहान अन्दाजी पाँच बजेतिर अतिथी गृहसँगैको कोतमा घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले जानकारी दिए ।

    उनले मृतकका आफन्तलाई घटनास्थलमा बोलाइएको र उनीहरु आएपछि मात्रै नाम-ठेगाना सार्वजनिक गर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार